Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा,…
Read More
ताप्लेजुङमा  भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
Read More
टुँडिखेलमा ‘विश्व ध्यान दिवसु मनाइँदै

टुँडिखेलमा ‘विश्व ध्यान दिवसु मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । ध्यान दिवस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतम र ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणलगायत व्यक्तित्वहरुको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि…
Read More
नोबेल अस्पतालमा दुर्घटना, प्रशिक्षार्थी चिकित्सकको मृत्यु

नोबेल अस्पतालमा दुर्घटना, प्रशिक्षार्थी चिकित्सकको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो । तर उपचारका…
Read More
टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर  एक युवकको मृत्यु

टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

मकवानपुर । टिपरबाट माटो झार्ने क्रममा विद्युत्को तारमा छोइएर करेन्ट लाग्दा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–१ मबस्ने २२ वर्षीय श्याम ऋषिदेव रहेका छन् । ग्रामथान गाउँपालिका–१ सरस्वती स्कुलपछाडि नहरको छेउमा टिपरको हाइड्रोलिक उठाई माटो झार्दा विद्युतको तारमा छोइएपछि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक श्यामको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् । उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो । उक्त प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको छ ।
Read More

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो। शुक्रबार प्रकाशित सूचनाअनुसार दरखास्त फाराम पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। अनलाइनमार्फत दरखास्त दिएका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकले माघ २३ गतेभित्र आफूले…
Read More
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उहाँले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।” सहरी विकासमन्त्री समेत…
Read More
दुई हजार रूपैयाँले घट्यो सुनको मुल्य

दुई हजार रूपैयाँले घट्यो सुनको मुल्य

मकवानपुर ।  शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More
प्रविधिको सहायताबाट  कञ्चनपुरमा पहिलो पटक  सवारी साधनको गति परीक्षण सुरु

प्रविधिको सहायताबाट कञ्चनपुरमा पहिलो पटक सवारी साधनको गति परीक्षण सुरु

कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो । बजार क्षेत्रमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी साधन चलाउन पाइन्छ । तर जिल्लाका भिडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाइएको पाइपछि यस पटक ‘राडार स्पिड गन’ को सहायताबाट सवारीसाधनको गति परीक्षणको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल महेन्द्रनगर बजारमा सवारी साधनहरूको प्रविधिबाट गति परीक्षणको काम भइरहेको छ । “यस क्षेत्रमा तीव्र गतिमा सवारी साधन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.