Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सचिवमा अध्यक्ष ओलीको प्यानल नै विजयी

सचिवमा अध्यक्ष ओलीको प्यानल नै विजयी

काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् । यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् । यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी ९१२३१०, यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् ।
Read More
एमाले महाधिवेशन: ईश्वर प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

एमाले महाधिवेशन: ईश्वर प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

मकवानपुर । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।
Read More
एमाले महासचिवमा शंकर पोखरेल विजयी

एमाले महासचिवमा शंकर पोखरेल विजयी

मकवानपुर । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।
Read More
उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनुभएको छ । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । त्यस्तै, अन्य उपाध्यक्षहरुमा विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित हुनुभयो । पदाधिकारीमा गुरुङ सर्वाधिक मत ल्याएर म्यान अफ दि इलेक्सन हुनुभयो । त्यस्तै, तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
Read More
एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओलीको बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।  
Read More
एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

मकवानपुर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
Read More
एमालेको मतगणना  अपडेटः अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

एमालेको मतगणना अपडेटः अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

मकवानपुर ।  एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ । प्रारम्भिक मतगणनामा अध्यक्ष केपी शर्मा ओली र महासचिवमा उहाँकै प्यानलका शंकर पोखरेलले अग्रता लिएका छन् । ६६६ मत गनिसक्दा अध्यक्षमा ओलीले ४८९ र पोखरेलले १७७ मत प्राप्त गरेका छन् । महासचिवमा शंकर पोखरेलको ३६४ र सुरेन्द्र पाण्डेको ३०२ मत आएको छ । अध्यक्ष – केपी ओली ४८९ ईश्वर पोखरेल १७७ महासचिव – शंकर पोखरेल ३६४ सुरेन्द्र पाण्डे ३०२ उपाध्यक्ष- विष्णु प्रसाद पौडेल ३४९ पृथ्वी सुब्बा गुरूङ ३५६ राम बहादुर थापा ३०९ गोकर्ण विष्ट २५६ रघुजी पन्त २५३ गुरू प्रसाद बराल २४२ विन्दा पाण्डे १७९ परशुराम मेघी…
Read More
मतगणना अपडेट: उपमहासचिवमा लेखराज भट्टको अग्रता

मतगणना अपडेट: उपमहासचिवमा लेखराज भट्टको अग्रता

मकवानपुर । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत पाएका छन् । अन्य पदाधिकारीहरुको पनि मत परिणाम आइरहेको छ । भृकुटीमण्डपमा भित्र मतगणना जारी रहँदा बाहिर भने उम्मेदवारहरू आफ्नो मोबाइलमा मतपरिणाम हेरिरहेका छन् ।
Read More
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो । बाहुण्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुलेपनि उहाँको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताउनुभयो ।
Read More
अध्यक्ष ओलीले ३३३ मत प्राप्त गर्दा पोखरेललाई ११० मत

अध्यक्ष ओलीले ३३३ मत प्राप्त गर्दा पोखरेललाई ११० मत

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली ३३३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ११० मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । सोहीअनुसार विष्णुप्रसाद पौडेल १७३, उपाध्यक्षमा क्रमशः पृथ्वीसुब्बा गुरुङ १७१, गोकर्ण विष्टले १३३, रामबहादुर थापा बादलले १५३, रघुजी पन्त १२३, गुरुप्रसाद बराल १०९, टंकप्रसाद कार्की ४३, पर्शुराम मेघी गुरुङ ४७, भीमप्रसाद आचार्य २७, विन्दा पाण्डे ९८ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महासचिवमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.