Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

मकवानपुर । ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका क्रममा यहाँको शुक्लाफाँटा नगरपालिकाले तीन करोडभन्दा बढीको क्षति बेहोर्नु परेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपियाँ बराबरको क्षति बेहोर्नु परेको बताइएको छ । सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर आठ कार्यालयले अत्यधिक क्षति बेहोर्नु परेको उल्लेख छ । यसै गरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा…
Read More
तीन कैदी पक्राउ

तीन कैदी पक्राउ

मकवानपुर । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन्…
Read More
केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

मकवानपुर । भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । भारतबाट ठुलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन सुरु गरेको छ । किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य…
Read More
सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाखको क्षति

सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाखको क्षति

मकवानपुर । सप्तरीको सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाख बराबरको क्षति भएको छ ।जेनजीको आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि कार्यालय प्रयोजनका लागि भएको कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, मोनिटर, प्रोजेक्टर, क्यामरा, ल्यापटप, इनभटर, सिसी क्यामरा, एसी, फ्रिज, पावर बोर्ड, हिटर, सिलिङ फ्यान, दराज कुर्सी टेवल, दराजलगायत सामग्री जलेर नष्ट भएपछि उक्त रकम बराबरको क्षति भएको हो । आगलागीका कारण कार्यालयको भवनको झ्याल, ढोका, वाइरिंग तथा भित्ताहरू पूर्ण रूपेन क्षति भएको कार्यालयका सह न्याधिवक्ता सुदिप कुमार दंगालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘आगलागीमा सबै जलेर सखाप भयो । आठ कोठामा सञ्चालनमा रहेको कार्यलयमा आगलागी भएपछि अर्को भवनको तीनकोठामा कार्यालय…
Read More

नवरात्रको दोस्रो दिन आज माता ब्रह्मचारिणीको पुजा आराधना गरिदै

मकवानपुर/  नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत…
Read More
पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

मकवानपुर । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् । गुलरिया नगरपालिका वडा नं २ सँगमबस्ती स्थित बबई नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ बर्षिया निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका हुन् । घरबाट उनीहरू पौडी खेल्नका लागि नदिमा गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । हाल उनीहरूको खोजी भइरहेको छ । खोजी कार्यमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताउनुभयो । उहाँले दिउँसो दुई बजे ति बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी राखेपनि…
Read More
नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण

नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताउनुभयो । पदभार ग्रहण गर्नुभएपछि स्वागत कार्यक्रममा नवनियुक्त मन्त्री खरेलले कर्मचारीलाई काम गर्ने क्रममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो । “देशको कर्मचारीतन्त्रलाई विश्वास गर्न चाहन्छु, यो ६ महिनामा म काममा कुनै हस्तक्षेप गर्दैन, देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला”…
Read More
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ । समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।
Read More
केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित

केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित

मकवानपुर ।राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित छन् । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए । कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण अभिलेखमा कुनै क्षति नपुगेको तथा सुरक्षित नै रहेको उहाँले बताउनुभयो । विभिन्न उजुरीमाथि भइरहेको छानबिनसम्बन्धी फाइल, उजुरी…
Read More
अर्थमन्त्री खनालसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

अर्थमन्त्री खनालसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

मकवानपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर। थोम्पसनबिच आज अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट भएको छ । सो अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबिच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताउनुभयो । अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.