Alag Dhar

अर्थ


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

मकवानपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
नेप्से परिसूचक २७ अंक तल

नेप्से परिसूचक २७ अंक तल

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र…
Read More
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मकवानपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Read More
आज सुनको मूल्यमा सामान्य वृद्धि

आज सुनको मूल्यमा सामान्य वृद्धि

मकवानपुर । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Read More
तोलामा दुई हजार सात सयले  बढ्यो  सुनको मूल्य

तोलामा दुई हजार सात सयले बढ्यो सुनको मूल्य

मकवानपुर । सुनको मूल्य प्रतितोला रू. दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू. दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू। दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रू. ८० ले बढेर रू. तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
चाँदीको भाउ बढ्यो, सुन स्थिर

चाँदीको भाउ बढ्यो, सुन स्थिर

मकवानपुर । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न…
Read More
सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

मकवानपुर । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज दुई हजार नौ सय…
Read More
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। आज ९मंगलबार० फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५…
Read More
सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

मकवानपुर । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो।
Read More
तोलाको सुनको मूल्य ४८०० रुपैयाँले घट्यो

तोलाको सुनको मूल्य ४८०० रुपैयाँले घट्यो

मकवानपुर । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.