२०८२ पुष १८, शुक्रबार ०५:०८
२०८२ पुष १८, शुक्रबार ०५:०८
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली पेश गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ। पार्टी विधानको धारा ११७ उपधारा (३) अनुसार, उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार चयन गरी नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उम्मेदवारहरूको नामावलीमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्याएको योगदानसमेत उल्लेख गर्न भनिएको छ। अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठित संघीय संसदीय बोर्डले गर्ने बताइएको छ।