Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

मकवानपुर । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर…
Read More
खोल्सामा  मोटरसाइकल  खस्दा  एक जनाको मृत्यु

खोल्सामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

मकवानपुर । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो । गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो । केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका ग्रामीण सडक क्षति हुँदा दुर्घटना बढेका छन्…
Read More
हेटौंडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

हेटौंडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुहुँदै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न…
Read More
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

मकवानपुर । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार…
Read More
आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर…
Read More
जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ । गोरखाका चार जना सहिद परिवारमध्ये तीन जना सहिद परिवारलाई राहत वितरण गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका – ३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका – ५ का विमलबाबु भट्ट, गण्डकी गाउँपालिका – ४ का अर्जुन भट्टको परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनको क्रममा सिरानचोक गाउँपालिका – २ सरोज गुरुङको परिवारलाई भने राहत रकम हस्तान्त्रण गर्न बाँकी रहेकाले अबको केही दिनमा राहत…
Read More
शिविरबाट एक हजार ३७५ लाभान्वित

शिविरबाट एक हजार ३७५ लाभान्वित

मकवानपुर । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले…
Read More
ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्या भएको आशङ्का

ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्या भएको आशङ्का

मकवानपुर । ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो । घरमा एक्लै बस्दै आउनु भएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि निधन भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ, त्यसैले थप प्रमाण सङ्कलनका लागि तालिम प्राप्त कुकुर (केनाइन) माग गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । स्थानीयले असोज २७ गते बिहान घरमा कार्की मृत अवस्थामा…
Read More
चार्जमा राखेको मोबाइल पड्किँदा घर आगलागी

चार्जमा राखेको मोबाइल पड्किँदा घर आगलागी

मकवानपुर । मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो । मोबाइलको ब्याट्री पड्किन गई कुर्सिमा आगलागी हुँदा सोही आगोबाट ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको कच्ची घरमा आगो सल्किन जाँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामानहरू जली पूर्ण रूपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घरबाट नागरिकता निकाल्ने क्रममा २६ वर्षीय प्रजाको दाहिने कान र घाँटीमा आगोले पोलेको छ । पोलेर घाइते भएका प्रजाको घरायसी उपचार गरिएको छ ।…
Read More
ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

मकवानपुर । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकको रिहाइमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भन्नुभयो, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनलाई घर फर्काउन मात्र सहयोग गर्नु भएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नु भएको छ ।” हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनामा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उहाँलाई यसबारे औपचारिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.