Alag Dhar

Breaking News 1


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मकवानपुरमा महिलाको व्यवसायिक यात्रामा तीव्र वृद्धि

मकवानपुरमा महिलाको व्यवसायिक यात्रामा तीव्र वृद्धि

मकवानपुर । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८०/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् । सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि…
Read More

ओली पक्राउको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन

  हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरू मकवानपुरको हेटौंडामा प्रदर्शनमा उत्रिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पक्राउ गरिएको विरोधमा उनीहरू सडकमा आएका हुन्। शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। यसैबीच, राजधानी माइतीघर–बानेश्वर क्षेत्र मा समेत एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सो क्षेत्रमा अहिले तनावको अवस्था सिर्जना भएको बताइएको छ। पार्टी स्रोतका अनुसार एमाले सचिवालयको आकस्मिक बैठकले आज दिउँसो ३ बजे देशभरका जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। एमालेसँग आबद्ध २३ वटा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णयअनुसार हेटौंडासहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको हो। यसअघि…
Read More
राष्ट्रपतिले गराए बालेन्द्र शाहलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिले गराए बालेन्द्र शाहलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्नुभएको हो । यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।…
Read More
नयाँ प्रधानमन्त्री बालेनको शपथ ग्रहण आज

नयाँ प्रधानमन्त्री बालेनको शपथ ग्रहण आज

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको हो । बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् । प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि…
Read More
इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

मकवानपुर । हेटौँडा–४ कर्राचोकमा बिजुलीको पोलबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ घर भई हाल हेटौंडा–१ चौकीटोल बस्ने १८ वर्षीय भुवन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा बिजुलीको पोल चढेर इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ । मकवापुर जिल्ला खेलकुद विकास समितिलाई आयोजना गरेको दोस्रो बृहत् खेलको कृषि तथा पर्यटन महोत्सवमा आज आइतबार बिहान भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै बाग्मती प्रदेशको केशवलाल श्रेष्ठ समिति केन्द्रीय प्रतिष्ठान फाइनलमा प्रवेश गरेको हो । अब आज आइतबार दिउँसो हुने फाइनल खेलमा केशव लाल स्मृति प्रतिष्ठानले काठमाडौँको न्यू डायमण्ड क्लबसँग सामना गर्नुपर्नेछ । दिउँसो १ बजेबाट सुरु हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदानमा उत्रिनेछन् ।…
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो । ‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो…
Read More
हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

मकवानपुर । हेटौंडाका होटल तथा रेस्टुरेन्टमा यतिबेला एलपी ग्यास अभावले व्यवसाय नै प्रभावित हुन थालेको छ । बजारमा ग्यासको आपूर्ति असहज बनेपछि दैनिक सञ्चालनमै समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन् । पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्काले बजारमा एक्कासि माग बढेपछि हेटौंडामा समेत ग्यास अभाव देखिएको हो । पछिल्लो एक महिनादेखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । हेटौंडाका विभिन्न होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार ग्यास अभावका कारण ग्राहकलाई सेवा दिन कठिन भएको छ । “ग्यास सकिएको एक सातासम्म पनि नयाँ सिलिन्डर पाउन सकेका छैनौं,” एक व्यवसायीले भने।” गयसको अभाब भएको र…
Read More
ग्यास पसलमा प्रशासनको अनुगमन

ग्यास पसलमा प्रशासनको अनुगमन

सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिएका हुन् । इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उनले बताए । इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई…
Read More
८७ वर्षीय वृद्ध मृत फेला

८७ वर्षीय वृद्ध मृत फेला

लमजुङ । लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीशहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । उनले भने, ‘मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गर्नुभएको छ ।’ मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.