Alag Dhar

अर्थ


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनको मूल्यमा  वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा  दुई हजार दुई सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार आठ सय कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Read More
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

मकवानपुर । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु. तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु. १००ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. तीन हजार ९०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ८०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र…
Read More
सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

मकवानपुर । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो । आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् । कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त…
Read More
सुनचाँदीको मूल्य निरन्तर उकालो

सुनचाँदीको मूल्य निरन्तर उकालो

मकवानपुर । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

मकवानपुर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको…
Read More
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
Read More
प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । सेसन अवधिमा नेप्से ०.२३ अंकले घटेर २६१३.८४ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३८ अंकले घटेको छ । सेसनमा ५७ कम्पनीको कारोबार हुँदा २० वटाको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ । प्रि सेसनमा ६ हजार ७०७ कित्ता सेयर किनबेच हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

मकवानपुर । नेपाली बजारमा पहेंलो धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार पहेंलो धातु (सुन) तोलामा एक हजारले घटेको हो। महासंघका अनुसार आज सुन तोलामा एक हजारले घटेर २ लाख ५१ हजार ९ सय कायम भएको छ। आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ३६ सयमा कारोबार भइरहेको छ।
Read More
शेयर बजार घट्यो

शेयर बजार घट्यो

मकवानपुर । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २ अङ्कले घटेर २ हजार ६ सय ६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो । आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव १६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक…
Read More
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

मकवानपुर । सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.