२०८२ कार्तिक १४, शुक्रबार १०:५६
२०८२ कार्तिक १४, शुक्रबार १०:५६
मकवानपुर । हरिबोधनी एवं ठुलो एकादशीमा नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि सुन्तला टिप्न जिल्लाका किसानलाई भ्याइनभ्याई भएको छ । कावासोती –११ को पिठौली र गड्गडीघाट, कावासोती –१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा एकादशी मेला लाग्ने गर्छ । मेलामा सुन्तलाको व्यापार राम्रो हुने भएकाले किसान सुन्तला टिप्न व्यस्त देखिएका हुन् । बुलिङटार गाउँपालिकाको राइकोट, रामकोट, छरछरे र बौदिकालिको बोबकका किसानले व्यवसायिक रुपमा सुन्तला खेती गर्दैआएका छन् । यसवर्ष भने बिहीबारदेखि नै झरी परेको छ । झरीमा पनि किसानले मेला स्थलसम्म सुन्तला लग्ने तयारी गरिरहेका छन् । झरीका कारण सुन्तला…