Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मकवानपुर । गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घासतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहनसिंह बस्नेतको लु ५६ प ८४२६ नं.को २०० सि.सि. मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका सरोज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बस्नेतलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको सारुले बताउनुभयो ।
Read More
बाजुरामा  बस दुर्घटना, घाइते सहचालक जोशीको मृत्यु

बाजुरामा बस दुर्घटना, घाइते सहचालक जोशीको मृत्यु

मकवानपुर । बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना परी घाइते हुनुभएका जोशीलाई जिल्ला अस्पताल बाजुरामा ल्याएको थियो । उहाँलाई थप उपचारका लागि धनगढी पठाउने बेलामा गाडीमा राख्दा राख्दै उहाँको मृत्यु भएको हो । उहाँ सुप्र ०१००१ ख ३१८१ नम्बरको बस को सहचालक हुनुहुन्थयो । सो बस हिजो कोल्टीदेखि मार्तडी हुँदै धनगढी जाँदै गरेका बेला दुर्गघना हुँदा उहाँ घाइते हुनुभएको थियो । बस सडकमै पल्टिँदा उहाँलगायत अन्य ६ जना घाइते भएका थिए । घाइते छ जनालाई थप उपचारका…
Read More
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

मकवानपुर । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताउनुभयो । यस्तै, रोशी-१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उहाँले बताउनुभयो । “सुक्खा पहिरो रोकिएपछि…
Read More
बाँकेबाट भागेका २२३ कैदीबन्दी अझै फरार

बाँकेबाट भागेका २२३ कैदीबन्दी अझै फरार

मकवानपुर । बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागा र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट भागेका ३४० जना कैदीबन्दी मध्ये २२३ जना अझैपनि पक्राउ नपरेको बताउनुभयो । उहाँले तीमध्ये केही भारतमा प्रवेश गरेको र अन्यहरु नेपालमै कतै लुकेर बसेको हुन सक्ने जनाउँदै खोजी कार्य भइरहेको पनि बताउनुभयो । प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बाल सुधारगृहबाट भागेका ६६…
Read More
तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

मकवानपुर । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् । तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँका बेला खडेरीले धान लगाउन ढिलो भएको र अहिले बाली उठाउने बेला…
Read More
अछामको हाटबजारमा  आगलागी, सात पसल जलेर नष्ट

अछामको हाटबजारमा आगलागी, सात पसल जलेर नष्ट

मकवानपुर । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परी ७ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । स्थानीयहरुका अनुसार, आगो करिब पौने ९ बजे तिर सुरु भएको थियो । गत वैशाख १३ गते यसै स्थान नजिकै आगलागी भएर ठुलो क्षति भएको थियो । छ महिनामै दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरु पुनः शोकमा डुबाएका छन् । सुरक्षा निकाय र स्थानीय बासिन्दाले निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए । आगलागीबाट जलेर नष्ट भएका…
Read More
धनुषामा बस र अटो ठोक्किँदा चार जनाको मृत्यु, दुई गम्भीर घाइते

धनुषामा बस र अटो ठोक्किँदा चार जनाको मृत्यु, दुई गम्भीर घाइते

मकवानपुर । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजेतिर ठक्कर दिएकोे थियो । दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उहाँको श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ । घाइते हुनेमा धनबहादुरका १४ वर्षीया…
Read More
आज सुनको मूल्यमा सामान्य वृद्धि

आज सुनको मूल्यमा सामान्य वृद्धि

मकवानपुर । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Read More
आजबाट  मौसममा  सुधार

आजबाट मौसममा सुधार

मकवानपुर । आजदेखि मौसममा थप सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लागेको छ । पहाडी भागमा मौसम बदलीको अवस्था रहे पनि बाँकी भागमा भने आज मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसममा क्रमिक सुधार हुँदै गएकोमा आज बिहानदेखि थप सुधार भएको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ । मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज…
Read More
भारतीय कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु

भारतीय कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर १० मिनेटको समयमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ र पछाडी सवार १८ वर्षीय रोहित तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.