२०८२ आश्विन ११, शनिबार ०७:०१
२०८२ आश्विन ११, शनिबार ०७:०१
मकवानपुर । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ । मनहरी गाउँपालिका–८ बेलुवा र हेटौँडा उपमहानगरपालिका–१९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट मनहरी तर्फ आउँदै गरेको ना.२ ह १२७० नम्बरको अटोको पछाडि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०६–००४ प ९१७१ न.को मोटरसाइकल ठक्कर खान गई दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–७ रमौली बस्ने २० वर्षीय प्रशान्त सुवेदी घाइते हुनुभएको हो । उहाँको अनुहार, दाहिने कुममा चोट लागेको छ । घाइतेको उपचारका लागि मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार…