Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नेप्से परिसूचक १९.४३ अङ्कले घट्यो

नेप्से परिसूचक १९.४३ अङ्कले घट्यो

मकवानपुर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.४३ अङ्कको गिरावट आएको छ । साताको तेस्रो दिन (मङ्गलबार) बजार बन्द हुँदा नेप्से परिसूचक २५२८.१६ विन्दुमा अडिएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले कम हो । बजारमा आज कुल २१४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३३ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आजको बजारमा कुल ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३८ हजार ६२७ वटा कारोबारमार्फत खरिद बिक्री भएका छन् । यो कारोबार…
Read More
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा

मकवानपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिनुभएको हो । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गर्नुभएको थियो ।
Read More
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

मकवानपुर । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले बताए । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।
Read More
मालपोतका खरिदारविरुद्ध दुई लाख घुस प्रकरणमा मुद्दा दर्ता

मालपोतका खरिदारविरुद्ध दुई लाख घुस प्रकरणमा मुद्दा दर्ता

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध दुई लाख रुपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाधनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागी लिएको प्रमाणित भएको हो। उक्त उजुरीका आधारमा आयोगको टोलीले भण्डारीलाई दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगको अनुसन्धानले भण्डारीले सेवाग्राहीसँग अवैध लाभका लागि रकम मागी लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्न मागदाबीसहित विशेष अदालतमा आरोपपत्र…
Read More
प्रहरीको पोशाकमा आएका चोरले मच्चाए आतंक

प्रहरीको पोशाकमा आएका चोरले मच्चाए आतंक

मकवानपुर । कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि…
Read More
मर्मत हुन नसक्दा जोखिम बन्दै हेटौँडाको राप्ती पुल

मर्मत हुन नसक्दा जोखिम बन्दै हेटौँडाको राप्ती पुल

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक्त बन्दै गएको हो । वर्षामा राप्तीखोलामा आएको बाढीले पिल्लरमा धक्का पु-याउँदा भित्रका फलाम देखिएका छन् । २१० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिल्लर छन् । चार वटा पिल्लरको बाहिरी भागको सिमेन्टमा क्षति पुगेको छ । “सडक डिभिजन हेटौँडा मकवानपुरका सूचना अधिकारी इन्जिनियर यादव सुवेदीले पुलको मर्मत गर्ने बेला भएको बताएका छन,” सूचना अधिकारी सुवेदीले भने, “पुलको अधिकांश पिल्लरको तल्लो भागमा फलामका रड देखिन थालेका छन्, त्यसको मर्मतसम्भार गर्ने तयारी भइरहेको छ । सम्बन्धित विज्ञबाट पुलको स्थलगत अध्ययन गराएर अनि विज्ञहरूकै सुझाव अनुसार मर्मत गर्ने…
Read More
अनलाइनबाटै नागरिकता सिफारिस

अनलाइनबाटै नागरिकता सिफारिस

मकवानपुर ।  जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । गत असारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र गरेपनि असोजबाट उक्त सेवा सुरु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवाग्राहीले वडाबाट नागरिकताको सिफारिस गरेर ल्याउने र जिल्लामा आउँदा कागजपत्र नपुगेर दुःख पाउने गरेकाले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सुरु गरेको बताउनुभयो । उहाँले सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, "नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह…
Read More
११ :३९ मा भाइटीकाको   उत्तम साइत

११ :३९ मा भाइटीकाको उत्तम साइत

मकवानपुर ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ ।…
Read More
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

मकवानपुर । गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित सडकमा बा. ६८ प. ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
Read More
सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

मकवानपुर । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन कार्य धमाधम भइरहेको हो । यसअघि निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली सङ्कलन कार्य स्थगित हुने व्यवस्था थियो । यो पटक भने सरकारले मतदानका लागि योग्य जेनजी पुस्तालाई समेत मताधिकार प्रयोग गर्न पाउने गरी अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले असोज ८ गते मतदाता नामावलीसम्वन्धी अध्यादेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.