Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बिस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको आग्रह

बिस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको आग्रह

मकवानपुर । तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ । संघले नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटक, भूइचम्पा, विभिन्न खालका बिस्फोटक पदार्थको समेत बिक्री वितरण गरेको पाइएकाले यस वर्ष त्यस्ता पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउनुभयो । विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका बिस्फोटक पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस वर्ष खरिद बिक्री पूर्ण रोक्न आग्रह गरेको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई मध्यनजर गर्दै सुफत मूल्यमा सामान बिक्री गर्न समेत आग्रह गरेको छ । प्लास्टिकजन्य…
Read More
सञ्चालनमा आएको राजविराज बसपार्क पुनः सुनसान

सञ्चालनमा आएको राजविराज बसपार्क पुनः सुनसान

मकवानपुर ।जेनजी समूह, स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय लगायतको प्रयासमा उद्घाटन भएको साँढे चार महिनापछि शनिबार सञ्चालनमा आएको राजविराज बसपार्क आइतबारदेखि पुनः सुनसान बनेको छ । यातायात व्यवसायीसँग सहमति हुन नसकेपछि बसपार्क सञ्चालन अन्योल बनेको हो । जेनजी समूह, यातायात व्यावसायि, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू बसपार्क सञ्चालनका लागि आइतबार बसेको बैठकमा सहमति जुटन नसकेपछि बसपार्क सञ्चालन पुनः अन्योल बनेको हो । यातायात व्यावसायिहरूले बैठकमा बसपार्क सञ्चालन, उद्घाटन, रूट, व्यवस्थापन तथा सडक बिषय गरी पाँच बुँदे ज्ञापनपत्र नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएका थिए । कार्यवाहक नगरप्रमुख परविनले ज्ञापनपत्रको चार बुँदामा सहमति भए पनि एक पटक उद्घाटन भइसकेको बसपार्क पुनः…
Read More
छठ पर्व नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त डोम समुदायका नागरिक

छठ पर्व नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त डोम समुदायका नागरिक

मकवानपुर ।तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् । छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीको प्रयोग हुनेहुँदा बजारमा माग बढेसँगै यति बेला डोम समुदायका महिला तथा पुरुष बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । प्रत्येव वर्षको छठमा प्रयोग हुने बाँसको सुपा, डलिया, टोकरीलगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा अनुसार बाँसका सामग्रीको माग बढ्दै गएपछि धनुषा, सिरहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्ला अहिले बाँसका विभिन्न सामग्री बनाएको देख्न सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारी देवी मल्लिक भन्नुहुन्छ, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँका सामग्री…
Read More
नौ जना नेपाली साहित्यकारलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

नौ जना नेपाली साहित्यकारलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

मकवानपुर । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ । हिन्दी उर्दु अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेलन एवम् मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मानित गरिएको हो । अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेश लगायतबाट वरिष्ठ साहित्यकारहरुको सहभागीता रहेको सो कार्यक्रममा बाँकेका आठ जना साहित्यकार तथा बर्दियाका एक जना कलाकारलाई सम्मान गरिएको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । सम्मानित हुनेहरुमा भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल, कोषाध्यक्ष डा. राजकुमार…
Read More
किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ

किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ

मकवानपुर । बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार लुहारलाई आइतबार पक्राउ गरिएको हो । १९ वर्षीया एक किशोरीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पीडित किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन् । सो जाहेरीका आधारमा लुहारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको निरीक्षक पाण्डेयले बताउनुभयो । प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ । जिल्ला अदालतबाट लुहारमाथि आठ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले…
Read More
देशभरको मौसम मुख्यतया  सफा

देशभरको मौसम मुख्यतया सफा

मकवानपुर । अहिले देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । विभागको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नुपरेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “यो दर्ता प्रक्रिया सम्भवतः तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै…
Read More
प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन स् मन्त्री खरेल

प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन स् मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे । उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने पनि बताए । मुलुक आम निर्वाचनको तयारी गरिरहेको अवस्थामा आचारसंहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय…
Read More
फापर थन्क्याउनमा व्यस्त मनाङी किसान

फापर थन्क्याउनमा व्यस्त मनाङी किसान

मकवानपुर । दसैँ सकिएलगत्तै मौसममा सुधार आएपछि मनाङका किसान परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । मनाङको पिसाङ, भ्राका, माथिल्लो मनाङलगायत क्षेत्रका किसानहरू यहाँको रैथाने बाली काट्ने, चुट्ने तथा सुकाउने कार्यमा तल्लीन छन् । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यावसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीका रूपमा पठाउने उद्देश्यले यहाँका किसानले रैथाने फापर खेती गर्दै आइरहेका छन् । वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मिठो फापर काट्न व्यस्त भएको पिसाङका कृषक रामबहादुर गुरुङ (मुखिया) ले बताउनुभयो । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मिठो फापर पाक्ने र घाम लागेको मौकाछोपी खेती थन्क्याउन लागेको मनाङ ङिस्याङ पिसाङ–१,…
Read More
मेची राजमार्गको वैकल्पिक सडक खोलिदै

मेची राजमार्गको वैकल्पिक सडक खोलिदै

मकवानपुर ।मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सूचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ । मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सकडमा भित्रभित्रै जमिन बग्ने समस्या निरन्तर भएपछि तत्कालको समाधानका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रुपमा तयार गरिंदैआएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गएको असारमा मात्र हालिएको बेली ब्रिज गएको असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम जोड्ने वैकल्पिक सकड समेत अवरुद्ध बनेको थियो । यता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.