Alag Dhar

नौ जना नेपाली साहित्यकारलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

मकवानपुर । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ । हिन्दी उर्दु अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेलन एवम् मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मानित गरिएको हो ।

अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेश लगायतबाट वरिष्ठ साहित्यकारहरुको सहभागीता रहेको सो कार्यक्रममा बाँकेका आठ जना साहित्यकार तथा बर्दियाका एक जना कलाकारलाई सम्मान गरिएको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

सम्मानित हुनेहरुमा भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल, कोषाध्यक्ष डा. राजकुमार थारु तथा केन्द्रीय सदस्यहरु मिना बराल र कल्पना पौडेल, खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्याल, पूर्णतारा फाउन्डेसनका अध्यक्ष तारा रोकाया, विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष ऋषिराम सापकोटा, ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपाल र भारतीय सांस्कृति सहयोग संघका अध्यक्ष शारिक रब्बानी लगायत रहनुभएको छ ।

कार्यक्रममा संयुक्तराज्य अमेरिकाका प्रसिद्ध समाजसेवी इन्द्रजित शर्मा, राजभाषा आयोगकी सदस्य मनिषा शर्मा, वरिष्ठ भारतीय शिक्षाविद प्रोफेसर डा भरत सिंह र हन्दी उर्दु अदबी सङ्गम दिल्लीका अध्यक्ष डा.सैयदअली अकबर नकबीले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेर संयुक्त रुपमा सम्मानित गर्नुभयो ।

सो अवसरमा विभिन्न देशबाट सहभागि साहित्यकारहरुले वर्तमान साहित्य र त्यसको अवस्था बारे चर्चा गर्दै सीमानाको परवाह नगरि नागरिकलाई जोड्ने एक शसक्त माध्यम साहित्य पनि भएको कुरामा जोड दिनु भएको खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले बताउनुभयो ।

भेरी साहित्य समाज केन्द्रीय समितिको अगुवाईमा भारत भ्रमणमा गएको नेपाली साहित्यकारहरुको उक्त टोलीले भारतको आगरा, दिल्ली लगायतका सहरहरुमा पुगेर साहित्यलगायत महत्त्वपूर्ण स्थानको जनाकारी पनि लिएको भेरी साहित्य समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजालले बताउनुभयो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.