Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
राजनीतिमा  आशिका तामाङ

राजनीतिमा आशिका तामाङ

मकवानपुर । सामाजिक अभियन्ता आशिका तामाङ राजनीतिमा होमिने भएकी छन् । यसका लागि तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिमा आउनुपर्छ या पर्दैन भन्दै भोट गर्न भनेकी छन् । उनलाई ९३ प्रतिशतले राजनीतिमा आउन सुझाएका छन् । यस्तै ७ प्रतिशतले राजनीतिमा नआउन भनेका छन् । उनले लेखेकी छन्,आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ। मैले यहाँहरूकै भोटिङ पोलमार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ। सोही अनुरुप फेरि संसदीय चुनाव लड्नलाई उम्मेदवारी दिने विषयमा फेरि भोटिङ पोलमार्फत आफ्नो मत राख्न उनले आग्रह गरेकी छन् । साथै उनले प्रत्यक्ष उठ्ने वा समानुपातिक त्यो पनि…
Read More
नख्खुबाट भागेका एक कैदी पक्राउ

नख्खुबाट भागेका एक कैदी पक्राउ

मकवानपुर । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनु भयो । फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । चिचिला–५ का अमित जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय नख्खुमा कैद भुक्तान गरिरहेका थिए । गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी…
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मकवानपुर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर हालसम्मै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार भने सामान्य घटेको हो। उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रूपैयाँ घटेको हो। यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६०…
Read More
झापामा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापामा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

मकवानपुर । झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
Read More
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६…
Read More
आजको मौसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

मकवानपुर । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम…
Read More
शेयर बजार बढ्याे

शेयर बजार बढ्याे

मकवानपुर । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय ३८ वटा कम्पनीको शेयर बढेकोमा २१ वटाको घटेको छ । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको…
Read More
मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चार मन्त्री खरेल

मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चार मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ । मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री खरेलले यस्तो बताउनुभएको हो । “मुलुक अब निर्वाचनमा अघि बढिसक्यो । अब कुनै राजनीतिक दल चुनावमा जान्न भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “नयाँ दलहर गठबन्धन गर्दै छन्, पुराना दलहरु चुनावमा होमिइसकेका छन् ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले यो हप्ता सघन रुपमा दलहरु र जेनजी प्रतिनिधिसँग छलफल गरी निर्वाचनको तयारी भएको उल्लेख गर्नुभयो । मुख्य राजनीति दलका शीर्ष नेता र…
Read More
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुर । मवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । गत मङ्गलबार मोटरसाइकलको ठक्करबाट घाइते भएका ७० वर्षीय पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । नेवारपानी तर्फबाट बस्तीपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ६४२९ नं.को मोटरसाइकलले पौडेललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १९ बस्तीपुरका…
Read More
आज अमेरिकी डलरको भाउ बढ्यो

आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.