२०८२ मंसिर २८, आईतवार १२:०४
२०८२ मंसिर २८, आईतवार १२:०४
काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ । सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन् २०१८र१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो । विराटनगरका कप्तान समेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो…