Alag Dhar

Day: २०८२ पुष ९, बुधबार ११:१५

शेयर बजार आज पनि सामान्य बढ्याे

शेयर बजार आज पनि सामान्य बढ्याे

मकवानपुर । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ३७ प्रतिशतले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेको छ । आज बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ११ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज इन्फिनिटी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३२ प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन ग्रामीण विकास लघुवित्त कम्पनीको शेयर…
Read More
मकवानपुरका तामाङको हत्या गरेका कैदी रोल्पाबाट पक्राउ

मकवानपुरका तामाङको हत्या गरेका कैदी रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । लुटपाट तथा डकैतीको…
Read More
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मकवानपुर ।  दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो । घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।
Read More
शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

मकवानपुर । अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। चिसोको प्रभाव बढ्दै गएपछि विभिन्न स्थानीय तहले सावधानीस्वरूप सामुदायिक तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिन थालेका छन्। महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकाले मङ्गलबारदेखि शुक्रवार सम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेर दैनिक जनजीवन कष्टकर बनेपछि बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको भंगहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार साहले जानकारी दिनुभयो। उहाँका अनुसार मौसम सामान्य नहुन्जेलसम्म विद्यालय सञ्चालन गर्नु…
Read More
लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

काठमाडौँ । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा परी निधन भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अङ्कारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अङ्काराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अङ्काराको…
Read More
आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू. चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु। दुई लाख ५८ हजार ३००मा र चाँदी रु। चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु। दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु।…
Read More
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

मकवानपुर । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ । यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.