Alag Dhar

बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

रामकृष्ण थापा – गत असाेज १२ गतेकाे बाढीपहिरोले भाेटेकाेसी नदी लार्चास्थित बेलिब्रिज बगायाे । साेही दिन लिपिङखाेलाकाे पक्कीपुल पनि बगायाे । त्यस दिनदेखि बन्द तातोपानी नाका ह्युमपाइप राखेर २६ दिनपछि खुला भयाे अस्थायी रुपमा ।

लिपिङखाेलामा ६ माघदेखि बेलिब्रिज जडानकाे काम सुरु भयाे । २२ दिनपछि २८ माघबाट पुनः नाका सञ्चालनमा आएको छ । प्राकृतिक विपत्तिले सिर्जना गरेका अड्चनले याे आर्थिक वर्षमा हालसम्म दुई महिना जति आयात/ निर्यात ठप्प रहन गयाे

। तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, प्राकृतिक विपत्तिबाट सिर्जित समस्याले राजस्व संकलनमा धेरै असर गरेकाे छ । दैनिक पाँच कराेडकाे सरदर हिसाबले पनि दुई महिनामा भन्सारले करिब तीन अर्ब राजस्व गुमाउनुपरेको छ, उनले भने । राजस्वमा रहेकाे सिधा घाटाको अलवा थुप्रै प्रकारका व्यापारिक नाेक्सानी व्यहोर्नुपरेकाे उनले प्रष्ट्याए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन् ,असाेजकाे बाढीपहिरो र पटकपटक नाका बन्द रहँदा दसैंतिहारका सामान समयमै नेपाल आइपुगेन । परिणामस्वरूप व्यापारीलाई ठूलाे नाेक्सान भयाे । फलफूल व्यापारीले कराेडाैं घाटा सहनुपर्याे ।

तातोपानी नाका व्यापारीकाे लाईफलाइन भएकोले जीर्ण काेदारी सडककाे स्तराेन्नतिमा राज्यले बेलैमा ध्यान दिनुपर्ने उनले बताए ।

बेलिब्रिज जडानपछि आयात नियमित

माघ ६ देखि आयात बन्द गरेर सडक डिभिजन कार्यालय चरिकाेटले लिपिङखाेलमा फाउन्डेसन तयार पार्याे । १५ दिनमा जग तयारी गरेपछि ६ दिनमा नेपाली सेनाले बेलिब्रिज जडान गर्याे । माघ २८ गते भाेटेकाेसी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र नेपाली सेनाकाे २६ नम्बर बाहिनी प्रमुख सहायक रथी अशाेक गुरुङले संयुक्तरूपमा ४५ दशमलव ७२ मिटर लामाे बेलिब्रिज उद्घाटन गरेर साेही दिन सडक डिभिजनलाई हस्तान्तरण गर्याे ।

आइतबार साँझबाट साना सवारी आउजाउ गरेपछि साेमबार दिउँसोबाट खासामा रहेका व्यापारिक सामग्री धमाधम तातोपानी भन्सारमा आयात हुन थालेका छन् ।

सूचना अधिकृत काफ्लेले दिएको जानकारीअनुसार दैनिक १० कन्टेनर सामान आयात भएका छन् । चिनियाँ एक कन्टेनरमा २० फुटे नेपाली दुई कन्टेनर बराबर सामान हुन्छ ।

लिपिङखाेलामा बेलिब्रिज निर्माण भएर कन्टेनर वारपार गरेपनि सडक डिभिजनले रिटेनिङ वालकाे काम सुरु गरेकाे छैन । जग र बेलिब्रिजकाे दुवै साइडमा रिटेनिङ वाल निर्माण नहुँदासम्म पुल बलियाे हुँदैन ।

यता ह्युमपाइप राखेर सञ्चालनमा रहेकाे लार्चास्थित भाेटेकाेसी नदीमा बेलिब्रिज जडान गर्ने टुँगाे छैन । बर्खाअघि नै बेलिब्रिज जडान नगर्ने हाे भने आगामी बर्खाभर तातोपानी नाका बन्द रहने अवस्था आउने निश्चित छ ।

बेलिब्रिजबाहेक १० ठाउँ सडक पहिराेका कारण जाेखिमपूर्ण रहेका छन् । अरनिको र काेदारी सडकलाई बिनियाेजित बजेट पनि अर्थ मन्त्रालयले अन्यत्र लगेकाे समाचार सतहमा आएका छन् ।

मुख्य समाचार

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डौं । आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिक...
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्व...
अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ...
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.