Alag Dhar

मकवानपुरका पत्रकारलाई अब निःशुल्क उपचार सुविधा

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौँडा–१ मा रहेको सहकारी अस्पतालबिच शनिबार तीन वर्षका लागि पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत पत्रकार महासंघ मकवानपुरमा सदस्य र सदस्य बन्ने क्रममा रहेका सक्रिय पत्रकारहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्ने उल्लेख छ । सम्झौतामा सम्पूर्ण ओपिडी सेवा निःशुल्क हुने, शल्यक्रिया तथा भर्ना भई उपचार गर्दा निःशुल्क गरिने, ल्याब सेवा निःशुल्क, रेडियोलोजी सेवा र अन्य परीक्षणसम्बन्धी अस्पतालमा उपलब्ध सेवा निःशुल्क हुने उल्लेख छ ।

त्यस्तै औषधीमा १० प्रतिशत छुट पनि प्राप्त हुने दुवै पक्षबिच भएको सम्झौतामा उल्लेख छ । सेवा लिनका लागि नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता प्रमाणपत्र अनिवार्य आवश्यक रहेको छ । स्वास्थ्य उपचार सम्झौतासँगै नेपालीहरूको महान् चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी लगायतकाले मन्तव्य राख्नुभएको कार्यक्रममा सहकारी अस्पतालका प्रतिनिधिहरू, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा पत्रकार निकट सङ्गठनहरूका प्रतिनिधिसहित पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम महासंघ जिल्ला सचिव केशव समर्पण सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.