Alag Dhar

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

मकवानपुर । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.