Alag Dhar

क्रियाशील पत्रकारहरूलाई मल्टिमिडिया तालिम

मकवानपुर । बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा सुरु भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दी भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो । उहाँले प्रविधिमा अब्बल पत्रकार नै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई पत्रकारितामा थप सघाउने बताउनुभयो ।

“सुरुमा मोबाइलबाट कसरी पत्रकारिता हुन्छ भन्ने गर्दथ्यैं, जमाना एआईको आइसक्यो, स्थलगत रूपमा नै समाचार दिन नसके अहिलेको जमनामा धेरै ढिला भइसक्छ” भण्डारीले भन्नुभयो “प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गण्डकीका सबै जिल्लामा पत्रकारिता तालिम सञ्चालनको शुरुवात बागलुङ जिल्लाबाट गरेको छ ।”

तालिममा पत्रकार विकास कार्कीले फोटो, भिडियो कसरी खिच्ने र आधुनिक प्रविधिको जमानामा मोबाइलबाटै भिडियो सहितको समाचार कसरी पस्कने विषयमा तालिममा प्रशिक्षण दिनुभएको छ । तालिममा बागलुङका ३५ जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

उद्घाटनपछि बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो । उहाँले प्रविधिमा अब्बल पत्रकारनै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई पत्रकारितामा थप सघाउने बताउनुभयो ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.