Alag Dhar

एनपिएल : चितवनको विजयी सुरुवात

मकवानपुर । चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो ।

जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै दीपक बोहराले ४२, सैफ जईफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोड्नुभयो । बलिङमा कर्णालीका सोमपाल कामीले दुई तथा युनिस सिंह, युवराज खत्री र मार्क वाटले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो ।

कर्णालीका लागि भारतीय ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपनि टोलीको हार टरेन ।

पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको थियो। यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो ।

बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्विरले एक एक विकेट लिनुभयो । जितसँगै चितवनले दुई अङ्क बनाएको छ । कर्णालीले हारबाट एनपिएलको सुरुवात गरेको छ ।

एनपिएल अन्तर्गत मङ्गलबारनै अर्को डे-नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नु भएको छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.