Alag Dhar

बागलुङ नगर अस्पतालले थप सेवा विस्तार गर्दै

मकवानपुर । १५ शय्याको बागलुङ नगर अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको छ । स्थापनाको तीन वर्ष पछि दुई मेडिकल अधिकृतसहितबाट थप सेवा प्रदान गर्न थालिएको छ । अस्पताल घोषणा भए पनि दरबन्दी अनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले सेवालाई थप विस्तार गरेको हो ।

बागलुङ नगरपालिकाले २०७८ असोज ८ गते नगरपालिका–१३ स्थित पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पतालको रुपमा सेवा सुचारु गरेपनि सेवालाई अहिले आएर थप विस्तार गर्न सफल भएको छ ।

बागलुङ नगर अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । नगर अस्पतालको भौतिक संरचनाको अभावका बिच सेवा विस्तार गरिरहेको नगर अस्पतालका प्रमुख डा। सफल सापकोटाले जानकारी दिनुभयो । नगर अस्पतालले यसअघि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो ।

स्वास्थ्य चौकीलाई नै अस्पतालको रुपमा विकास गरेपनि मेडिकल अधिकृतको अभाव, प्रयाप्त भौतिक पूर्वाधार र उपकरण नहुँदा समस्या हुँदै आएको थियो । नगर अस्पतालको भवन निर्माण सम्पन्न नहुँदा पुरानै भवनबाट सेवा विस्तार गरिरहेको बताउदै सापकोटाले एक्सर गर्ने उपकरण र जनशक्तीको व्यवस्थापनसँगै सेवा दिन थालिएको थियो ।

“बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौं, अस्पतालले अहिले गर्भवतीको लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौं” सापकोटाले भन्नुभयो “समयमै भवन निर्माण नहुँदा चुनौतिका बिच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनुभनेको राम्रो हो, स्वास्थ्य बिमाको सेवा समेत विस्तारको योजनामा छौं ।”

अस्पतालमा अहिले दुई जना मेडिकल अधिकृतसहित एक जना सिनियर अहेब, एक जना एचए, एक जना रेडियोग्राफर, एकजना फार्मेसी, एक जना ल्याव असिस्टेन र एक जना स्टाफ नर्सले सेवा दिइरहेका छन् ।

नगर अस्पतालको सेवालाई मध्यनजर गरी स्वास्थ्यमन्त्रालय गण्डकी प्रदेश र स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकको पहलमा हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । नगर अस्पतालको पक्की सुविधा सम्पन्न भवनबाट सेवा दिनका लागि अस्पतालको भवन निर्माणमा भने ढिलाई भएको उहाँको भनाइ छ ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौं रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाटै १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । भवन महालक्ष्मी निर्माण सेवाले निर्माण गरिरहेको छ । भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाकोभने अभाव खड्किएको छ ।

अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण सम्पन्न भएमा गुण्स्तरीय स्वास्थ्य सेवामा थप टेवा पुग्ने छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थन लगायतका बासिन्दालाई स्वास्थ्य सेवा दिनेगरी बलेवामा नगर अस्पताल घोषणा गरिएको थियो ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.