Alag Dhar

गुल्मेलीलाई कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या

मकवानपुर । कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ । बजार, कफीमा लाग्ने गवारो, प्राविधिक सचेतनाको अभाव, तिव्र बसाइसराइ लगायतका कारणले कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या छ ।

कफी कृषक, निकाय र स्थानीय तहले बारेमा गहन छलफल गर्न भन्दै ‘कफी खेती गरौँ स्वरोजगार बनौ’ भन्ने मुल नाराका साथ २१ औ राष्ट्रिय कफी दिवस कफीको उद्गम स्थल आँपचौरमै मनाए । मुसिकोट नगरपालिका–५, आँपचौरमा भेला भएका कफीका सरोकारवालाले कफी उत्पादन, बजारीकरणमा देखिएका चुनौतीका विषयमा छलफल गरेका छन् ।

मुसिकोट नगरपालिका-५, आपँचौरका डिल्लीराज अर्यालले गत वर्षबाट व्यावसायिक कफी खेती सुरु गर्नुभएको छ । उहाँकोमा एक हजार ८०० कफीको बोट र ३० हजार बिरुवाको नर्सरी छ । ४० रोपनी जग्गा खरिदसहित करिब ४० लाख रुपियाँको लगानी गर्नुभएको अर्यालले पनि आफ्नो पहिलो चुनौति गवारो र बजार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एग्रो टुरिजमको सपना बोकेर कफीमा लगानी गरेको हुँ । मेरा अगाडी गवारो र बजार ठुलो चुनौति छ ।” उहाँले दिवसको कार्यक्रममा जिल्लाका कफीको क्षेत्रमा काम गर्ने थुप्रै कार्यालयहरू सहभागी भएपनि गवारो नियन्त्रणको विषयमा अनविज्ञ रहेको बताउनुभयो ।

जिल्लाका करिब एक दर्जन सङ्घसंस्थाले कफीको क्षेत्रमा काम गर्छन् । आँपचौरमा तत्कालिन राजा विरेन्द्रले बिस २०४१ सालमा स्थापना गरेको कफी विकास केन्द्र छ । केन्द्रको मुख्य उदेश्य देशभरका कफी किसान र प्राविधिकलाई तालिम, समस्यामा सहजीकरण, कार्यमुखी अनुसन्धान र नीति निर्माणमा सरकारलाई कफीको सम्बन्धी सुझाव दिने रहेको छ । केन्द्रले आपचौरमै १८४ रोपनी जग्गा खरिद गरेरक करिब १२ हजार कफीका बिरुवा रोपेको छ । गवारो नियन्त्रणका थुप्रै उपाय हुँदा पनि किसानकै असावधानीका कारण गवारो ठुलो विषय भएको कफी विकास केन्द्र आँपचौरका कार्यालय प्रमुख राहुल पाण्डेयले बताउनुभयो । नेपाल सरकारद्वारा देशमै पहिलो पटक ०७१ साल वैशाख ३ गते कफी अनुसन्धान कार्यक्रम गुल्मीमै सुरु गर्‍यो । रुरु क्षेत्र गाउँपालिका–४, भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रम स्थापना भएको दशक बिते । कार्यक्रमकै नाममा करोडौका संरचना निर्माण भएका छन् । सुरुमा १० जातका बिउबाट कफी अनुसन्धान सुरु गरिएको थियो ।

अहिले भण्डारीडाँडामा ४४ जात पुर्‍याएको भएपनि कफीमा लाग्ने सेतो गवारो निर्मूल गर्ने उपाय पत्ता लागेको छैन् । कार्यक्रमले अहिले कफिको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि जातिय परिक्षण गरिरहको कफि अनुसन्धान कार्यक्रमका प्रमुख वैज्ञानिक जर्नादन गौतमले बताउनुभयो । गुल्मी जिल्लामा २४१ हेक्टरमा कफि खेति गरिएको छ । जिल्लाभर वार्षिक ३५ देखि ४० मेट्रिकटन कफि कफि उत्पादन हुँदै आएको छ । २०५४ सालमाबाट जापानमा कफी बिक्री गर्दै आएको जिल्ला सहकारी सङ्घ गुल्मीले गुल्मेली अर्गानिक कफि बेलायत र स्विजरल्यान्ड निर्यात गर्न थालेको छ ।

मुसिकोट नगरपालिकालाई कफीको पहिचान जोगाउनुपर्ने चुनौति छ । नगरपालिकाले ‘कफि रोपौ आम्दानी बढाउँ’ अभियान अगाडी बढाएको छ । नगरपालिकाले सय बोट कफि रोपे १० हजार अनुदान र कफि किसानलाई सहुलियत कर्जाको व्यावस्था गरेपछि कफि किसान उत्साहित भएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताउनुभयो । त्यस्तै मदाने, रुरु, छत्रकोट लगायतका स्थानीय तहले पनि कफीको क्षेत्रमा काम गरिरहेका छन् । कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले जिल्लाको कफीको पहिचान जोगाउने महत्त्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा आएको बताउनुभयो । उहाँले गाउँ–गाउँमा बृहत् रूपमा कफी रोप्ने, बिउ, मल, प्राविधिक सहयोग र अनुदानमा स्थानीय लागे राम्रो गर्न सकिने खत्रीले बताउनुभयो ।

मुख्य समाचार

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका त...
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशक...
नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

काठमाण्डौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा हिजो बेलुका काठमाण्डौको विशा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.