Alag Dhar

एमाले महाधिवेशन : कर्णालीका ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट, रुकुम पश्चिममा चुनाव

मकवानपुर । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ । रुकुम पश्चिमा भने सहमति नजुटेपछि मतदान भएको छ ।

प्रदेशका १० जिल्ला मध्ये ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भइसकेका छन् भने ४ जिल्लाको नतिजा आउने अन्तिम तयारीमा रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले जानकारी दिए । उनका अनुसार हालसम्म जाजरकोट, जुम्ला, कालिकोट, सल्यान र डोल्पाको नतिजा आइसकेको छ ।

बाँकी रहेका ४ जिल्लाहरू सुर्खेत, दैलेख, हुम्ला र मुगुमा पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेको अध्यक्ष शाहले बताए । ‘प्रदेशका १० मध्य ९ जिल्लामा सर्वसम्मत प्रतिनिधिहरू चयन हुनुभएको छ,’ प्रदेश अध्यक्ष शाहले भने, ‘रुकुम पश्चिममा भने सहमति जुट्न नसकेपछि निर्वाचन भएको छ ।’

महाधिवेशन प्रतिनिधि छनोटमा सहमति नजुटेपछि रुकुम पश्चिममा शनिबार दिउँसोबाट मतदान सुरु भएको छ । जिल्लाबाट ६ जना प्रतिनिधिका लागि ११ जना प्रतिस्पर्धामा रहेको निर्वाचन कमिटी प्रमुख अधिवक्ता गणेश हमालले जानकारी दिए ।

५ सय बढी क्रियाशील सदस्यले मतदान गर्न पाउने भए पनि मतदानका लागि भने साढे ३ सय सदस्य मात्रै पुगेका छन् । हालसम्म २५० बढी मत खसेको र करिब एक सय मत खस्न बाँकी रहेको निर्वाचन कमिटी प्रमुख हमालले बताए ।

सहमति जुट्न नसकेपछि निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरु भएको नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिमबाट २ जना खुला, २ जना महिला, १ जना दलित, १ जना युवा प्रतिनिधि छनोट हुनेछ । त्यसका लागि खुलामा ३ जना, महिलामा ४ जना, दलितमा २ जना, युवामा २ जना प्रतिस्पर्धामा रहेका छन् । मतदान सकिए लगतै मतगणना सुरु हुने बताइएको छ ।

रुकुम पश्चिममा गुटगत प्रतिस्पर्धा नभई आकांक्षीहरूको व्यवस्थापन हुन नसक्दा लोकतान्त्रिक विधि (निर्वाचन) अपनाइएको प्रदेश अध्यक्ष शाहले बताए ।

एमाले जुम्लाबाट ६ जनै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । सदरमुकाम खलङ्गामा शनिवार आयोजित भेलाबाट खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा चयन भएका छन् ।त्यस्तै महिलातर्फ मेनका पछाई र शान्ता शाही चयन भएको एमाले कर्णाली प्रदेश उपाध्यक्ष टेकराज पछाइले जानकारी दिए । उनका अनुसार युवातर्फ धिरज जैसी र दलिततर्फ रामबहादुर नेपाली सर्वसम्मत रूपमा चयन भएका छन् ।

एमाले जाजरकोटबाट पनि १२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् । खुलातर्फ लालबहादुर महतारा, करवीर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन् ।

त्यस्तै महिलातर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् । दलित तर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली र कौशिला कामी चयन भएकी छन् । युवा तर्फ विश्व विक्रम शाह निर्विरोध चयन भएको एमाले प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

कुन जिल्लाबाट कति प्रतिनिधि छानिँदै छन् :

कर्णाली प्रदेशबाट ११३ जना प्रतिनिधि छनोट हुँदैछन् । ४७ हजार संगठित सदस्य रहेको कर्णालीमा यो पटक ४० वर्ष मुनिका १३ जना युवाहरू महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएको प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

उनका अनुसार प्रदेशबाट १८ जना दलित, ३३ जना महिला र ४९ जना खुल्ला तथा अन्यबाट प्रतिनिधि छनोट भएका छन् । मजदुर सङ्गठन जिफन्टबाट सात जना, प्रदेश पार्टी कमिटीबाट पाँच प्रतिनिधि छनोट भएका छन् ।

जिल्लागत प्रतिनिधिहरूमा सुर्खेत २१, दैलेख २०, सल्यान ८, रुकुम पश्चिम ६, जाजरकोट १२, डोल्पा ८, कालिकोट ८, जुम्ला, हुम्ला र मुगुबाट ६/६ जना प्रतिनिधि छनोट हुनेछन् ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.