Alag Dhar

जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

मकवानपुर । नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ ।

सो क्याटेगरीमा दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठले चौथो स्थान प्राप्त गर्नुभयो । यसैगरी, इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनस खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो हुनुभयो ।

जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अंशु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो हुनुभयो । यसैगरी, जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो हुनुभएको छ ।

जुनियर सी क्याटेगरीमा सुप्रभात केसी प्रथम, अर्जित बर्मा दोस्रो, कौस्तुब चलाउने तेस्रो तथा शाश्वत केसीले चौथो स्थान प्राप्त गर्नुभयो ।

साइकलिष्टहरूले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट सो प्रतियोगिता आयोजना गरिएको देउसीभैली समूहका संयोजक कविराम बुढाथोकीले बताउनुभयो ।

नेपालगन्जमा देशकै दोस्रो तथा ठूलो पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो ।

उहाँका अनुसार युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको थियो ।

प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगन्ज बाइसाइकलले गरेको थियो भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ संघ बाँकेले गरेको थियो ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.