Alag Dhar

पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो : डब्ल्युएचओ

मकवानपुर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।

सन् २०१० मा १६ हजार एचआइभी सङ्क्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्युएचओले जनाएको छ । यो जानकारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीबिच सार्वजनिक गरेको हो ।

एचआइभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसलाई असर गरेको भएता पनि हाल बालबालिका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ । मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्सन, सङ्क्रमण रोकथाम र नियन्त्रणमा कमी, असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआइभी को सङ्क्रमण बढ्दै गएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओ र युएनएड्सले पाकिस्तानको स्वास्थ्य मन्त्रालयसँग मिलेर यो दिवस मनाउन सहयोग गरेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक आयशा इसानीले यो रोगलाई एक्लैले सम्बोधन गर्न नसक्ने बताउँदै यसमा समुदाय र स्वास्थ्य नियामक अधिकारी संलग्न हुनुपर्ने बताउनु भएको छ । इन्जेक्सन र रगत सङ्क्रमणमा असुरक्षित अभ्यास हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उहाँले चिकित्सकलाई पनि संलग्न गरी पाकिस्तानी नागरिकलाई स्वस्थ र एचआइभी मुक्त भविष्य प्रदान गर्ने बताउनु भएको छ ।

पाकिस्तानमा करिब तीन लाख ५० हजार व्यक्ति एचआइभी सङ्क्रमित भएर बाँचिरहेको भएता पनि ८०५ प्रभावितलाई उनीहरूको आफ्नो स्थितिको बारेमा अन्जान रहेको जनाइएको छ । पछिल्लो दशकमा, पाकिस्तानमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्ने एचआइभी सङ्क्रमितको सङ्ख्या आठ गुणाले बढेको तथा सन् २०१३ मा करिब छ हजार ५०० बाट २०२४ मा ५५ हजार ५०० पुगेको जनाइएको छ ।

एन्टिरेट्रोभाइरल थेरापी केन्द्रको सङ्ख्या पनि सन् २०१० मा १३ बाट बढेर सन् २०२५ मा ९५ पुगेको जनाइएको छ । सन् २०२४ मा, डन पत्रिकाले एड्स रोगका कारण एक हजार १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको थियो । पछल्लो समयमा नयाँ केसमा वृद्धि हुनुका साथै बच्चामासमेत यो रोगले असर गरेको जनाइएको छ भने एचआइभी सङ्क्रमणको जोखिममा बाँचिरहेका ०-१४ वर्षका ३८ प्रतिशत बच्चाले मात्र उपचार प्राप्त गरिरहेको डनले जनाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.