Alag Dhar

कृषकको आन्दोलनले गर्दा चिनी मिल सञ्चालनमा ढिलाइ

मकवानपुर । उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि रामनगरस्थित एभरेष्ट चिनी मिलको चालु क्रसिङ सिजन (०८२–८३) प्रभावित बनेको छ। किसान आन्दोलनका कारण गत वर्षको तुलनामा यो वर्ष ढिलो गरी मात्र मिल सञ्चालन हुने एभरेष्ट चिनी मिलले जनाएको छ ।

गत वर्ष (०८१–८२) मङ्सिर २६ गतेदेखि फागुन २९ गतेसम्म सञ्चालनमा भएको एभरेष्टले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो। यस वर्ष किसानको आन्दोलनले निकास नपाउँदा पुसयता मात्रै क्रसिङ हुने सम्भावना रहेको मिलको भनाइ छ ।

चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो वर्ष (०८२–८३) एभरेष्टले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ । मिलमा मुख्यतः महोत्तरी र पूर्वी सर्लाहीबाट उखु आपूर्ति हुने गर्दछ । यस वर्ष महोत्तरीका ९,५९३ बिघामा उखु खेती भएकाले करिब २४ लाख २६ हजार क्विन्टल उखु आपूर्ति हुने अपेक्षा गरिएको छ । यस्तै पूर्वी सर्लाहीका ३,४२८ बिघाबाट करिब ५ लाख १७ हजार क्विन्टल उखु उपलब्ध हुने सर्वेक्षणले देखाएको मिलले जनाएको छ ।

यद्यपि आन्दोलनले वातावरण अन्योलपूर्ण बनाएको भए पनि मिल सञ्चालनका तयारी भने तीव्र रूपमा भइरहेको महाप्रबन्धक ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारखानाको सरसफाइ, सेक्सन ट्रायल लगायतको प्राविधिक एवं प्रशासनिक तयारी भइरहेको छ । डोंगा पूजाको तयारी पनि भैरहेको छ । खुट्टी उखु काट्ने समय पनि भइसकेकोले उखु प्राप्त हुना साथ हामी क्रसिङ सुरु गर्छौैं ।’

उखु कृषकहरूले ३५ रुपियाँमा झारेको उखु अनुदान पुनः ७० रुपियाँ कायम गर्नुपर्ने र न्यूनतम समर्थन मूल्य ७५० रुपियाँ प्रति क्विन्टल निर्धारण गर्नुपर्ने माग राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा समन्वय तथा दबाबमूलक गतिविधि चलाइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदनप्रसाद परियारले दुई साता अर्थात मंसिर २९ गतेभित्र समस्या समाधान गर्ने आश्वासन दिएपछि आफुहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले बताउनुभयो ।

मिलका वित्तीय महाप्रबन्धक ठाकुरका अनुसार मंसिर अन्तिम सातापछि मात्रै स्थिति स्पष्ट हुने भएकाले पुस पहिलो साताभन्दाअघि क्रसिङ सुरु हुने सम्भावना न्यून रहेको छ । उहाँले भन्नुभयो ‘आन्दोलन समाधान नहुँदासम्म उखु क्रसिङ सिजन थप प्रभावित हुने देखिएको छ ।’

मुख्य समाचार

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना र...
रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.