Alag Dhar

कास्कीमा दुई पुल प्रयोगविहीन

मकवानपुर । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् । दशकअघि ढल्के र झौरीखेत जोड्ने गरी बनेको झोलुङ्गे पुल अझै प्रयोगमा आउन सकेको छैन । दुवैतिर निजी जग्गा भएकाले पुल प्रयोगमा आउन नसकेको हो । झोलुङ्गे पुल अलपत्र बनेकै बेला त्योभन्दा केही तल बनेको पक्की पुल पनि प्रयोगविहीन छ ।

पक्की पुलको वडा नम्बर १३ तिर निकास भए पनि २६ तिर भने बाटो छैन । खोला छेउसम्मै व्यक्तिको जग्गा पर्छ । पुल निर्माण सकिएर २०७९ चैत ३० गते तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीले तीन करोड ३८ लाख ९८ हजार दुई सय ७७ रुपियाँमा पुल निर्माण गरेको थियो ।

पुल बनेको तीन वर्ष हुँदा पनि यसको उपयोग हुन सकेको छैन । हालै ग्रिडर राखिसकिएको विजयपुर खोलाको चाप धान्न यो पुल सञ्चालनमा आए सहज विकल्प बन्न सक्थ्यो । गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको कार्यकालमा यो पुलका लागि बजेट विनियोजन भएको थियो । बस्नेतको गृह जिल्ला गोरखाको दरौंदी नदीमाथि गोरखा नगरपालिका वडा नम्बर ३ र सिरानचोक गाउँपालिका वडा नम्बर ५ को जरेबरलाई जोड्ने पक्की पुल पनि निकास बिनै बनाइएको थियो ।

स्थानीयसँग छलफलै नगरी पुलको योजना अघि बढाइएको स्थानीयको दाबी छ । अहिले पुल जाने बाटो खुलाउँदा आफ्नो घर पूरै भत्किने स्थानीय मनकुमारी नेपाली बताउनुहुन्छ । पुल सञ्चालन गर्न अहिलेसम्म पहिलसमेत भएको छैन । स्थानीय सरकार र प्रदेश सरकारले स्थानीयसँग वार्तासमेत गरेका छैनन् । “उहाँहरुले भनेजसरी बाटो दिए मेरो पूरै घर जान्छ, चित्त बुझ्दो मुआब्जा दिए म छाड्न तयार छु,” उहाँले भन्नुभयो, “यही पुल देखेर जग्गा किनियो, अहिले अर्को पुलको पनि निकास छैन । यही घर पनि भत्काएपछि हामी कहाँ जाने ?”

मनुकुमारीले मिर्गौला रोगी श्रीमानको उपचारमा अन्य सम्पत्ति सकिएको र बाँकी रहेको घर पनि निकास नहुँदा आहात भएको उल्लेख गर्नुभयो । उहाँले छ आना जग्गामा अस्थायी खालको टहरा बनाउनुभएको छ ।

स्थानीय विश्व सिग्देल पहिला पुल निर्माणका लागि ठाउँ नै गलत छानिएको टिप्पणी गर्नुहुन्छ । सेती नहरको पानी खस्ने ठाउँ बन्नुपर्ने पक्की पुल अन्यत्र बनाएर स्रोतको दुरुपयोग गरिएको उहाँको दाबी छ । स्थानीयले पुल हुँदै सडकको निकास खोज्न सरोकारवालालाई आग्रह गरेका छन् ।

स्थानीय शारदा रानाभाट चाँडै निकास खुले एकातिर स्थानीयले सुविधा पाउने र अर्कातिर राज्यको स्रोत उपयोग हुने बताउनुहुन्छ । यो ढल्के–भौरीखेत मोटरेबल पुल जोड्ने सडक मार्ग खुले पोखरा बजार भित्रिने वैकल्पिक बाटो बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.