Alag Dhar

एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग र एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने भएको छ ।

सडक विभागको आयोजना निर्देशनालय एडीबीले सूचना जारी गर्दै एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

निर्देशनालयकाअनुसार महेन्द्र राजमार्ग अन्तर्गतको हेटौंडा–नारायणगढ र गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ ।

त्यस्तै, राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिने सूचनामा उल्लेख छ । साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १–१ लेनको सर्भिस लेन र शहरी क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप २–२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ, पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलहरू निर्माण गरिने जनाएको छ ।

सडक विस्तार र स्तरोन्नतिको कार्य सुरु भइसकेको भन्दै आयोजना निर्देशनालयले सडकको सीमामा रहेका घर, टहरा तथा अन्य संरचना निर्माण नगर्न र सडक क्षेत्रमा पर्ने विद्युत् पोल, ढल, खानेपानी एवम् अन्य सार्वजनिक संरचनाहरू स्थानान्तरण गर्न र थप संरचना नबनाउन सम्बन्धित सबैमा सूचनामार्फत आग्रह गरिएको छ ।

यस्तै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन बजारदेखि त्रिशुली पारी गोरखातर्फबाट मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म २ लेनको नयाँ सडक निर्माण गरिनेछ । साथै, सो स्थानभन्दा पश्चिम आबुँखैरेनीसम्मको हालको राजमार्गलाई चौडा गरी ४ लेनको बनाइने योजना रहेको छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.