Alag Dhar

राष्ट्रिय मानवअधिकार महाभेलामा प्रेस स्वतन्त्रता सेनानीसहित तीन जना सम्मानित

मकवानपुर । ७७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस, १७ औँ मानवअधिकार महाभेला २०८२ को प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मानवअधिकार लोकतन्त्र, शान्ति तथा सामाजिक न्याय लगायत क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तीन जनालाई सम्मानित गरिएको छ ।

मानवअधिकारका लागि एकल महिला समूह मधेस प्रदेशको आयोजनामा ७७ औ अन्तराष्ट्रिय मानवअधिकार दिवस,१७ औ मानवअधिकार महाभेला २०८२ लोकतान्त्र र मानवअधिकार : कानुनको शासन ,सुशासन र अन्तरपुस्ता न्यायको समर्थन विषयक एक दिने प्रदेश स्तरीय सम्वाद कार्यक्रममा शुक्रबार राजविराजमा उहाँहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनुहुनेमा ४ दशकदेखि सप्तरीमा पत्रकारितामा सक्रिय रहदेै आउनुभएका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा,अधिकारका लागि एकल महिला समूह सप्तरीका संस्थापक अध्यक्ष बिमला पराजुली,मानवअधिकारकर्मी सप्तरी जिल्लामा लामो समयदेखि मानवअधिकार र पत्रकारिताको क्षेत्रमा काम गर्दै आउनुभएको र हाल इन्सेक कोसी प्रदेश संयोजक मनोहर पोखरेल सम्मानित हुनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सप्तरी जिल्ला अदालतका मुुख्यन्यायाधीश किशोर घिमिरेले सम्मानित हुनुहुने तिनै जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मानित गर्नुभयो। सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले मानवअधिकारको उलंघन मानवबाटै हुँदै आएकोले प्रत्येक व्यक्ति जिम्मेवार बन्न आवश्यक भएको बताउनुभयो ।

मानवअधिकारका लागि एकल महिला समूह मधेस प्रदेशका अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका कार्यालय प्रमुख बुधनारायण सहनी,मानवअधिकारका लागि एकल महिला समूह सप्तरीका संस्थापक अध्यक्ष विमला पराजुली वर्तमान अध्यक्ष अध्यक्ष किरण गुप्ता, इन्सेक कोसी प्रदेश संयोजक मनोहर पोखरेल, गैैसस सप्तरीका अध्यक्ष दिपक झापरिकल्पना नेपालका अध्यक्ष सुधा देव,अधिवक्ता दानो चौधरी ,मनु खनालबालकल्वका अमर यादव लगायत आआफ्ना धारणा राख्नुभएको छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.