Alag Dhar

सँगै मदिरा पिए, विवादपछि ढुंगाले हानेर साथीकै हत्या गरे

death

पोखरा । दिनभरि मजदुरी गरेर फर्केपछि ३ जना साथी मिलेर साँझ मदिरा पिउँदै दुस्खसुखका कुरा गर्छन् ।

मजदुरीका लागि पोखराका विभिन्न ठाउँमा धाउने र जे काम पाइन्छ त्यही काम गर्ने उनीहरूको दैनिकी नै थियो ।

बुधबार राति पनि पोखरा-१२ भद्रकाली नजिकै मदिरा पिउँदै कुरा गर्ने क्रममा विवाद हुन्छ । मदिरामा लठ्ठिएर निस्किएपछि पनि विवाद रोकिँदैन ।

हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकै खाली जग्गामा २ जना मिलेर ढुंगाले हानेर आफ्नै साथीको हत्या गर्छन् र आफ्नो बाटो लाग्छन् ।

बिहीबार बिहान स्थानीयले घटना देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकलाई ढुंगाले हानेर हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानपछि मृत्यु हुनेमा पोखरा-१६ बाटुलेचौर घर भई वडा नम्बर १२ हस्पिटल चोक बस्ने ६० वर्षीय रमेश सुनार भएको प्रहरीले जनाएको छ ।

उनको हत्या गरेको अभियोगमा प्रहरीले दिउँसो पाल्पा रामपुर घर बताउने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

घटनामा संलग्न १ जनाको खोजी भइरहेको उनले बताए । ‘उनीहरू जहाँ काम पाइन्छ, त्यहीँ पुग्ने, त्यतै बस्ने क्रममा पोखरा-१२ आइपुगेका रहेछन्,’ कार्कीले भने, ‘राति सँगै मदिरा पिएर बस्ने क्रममा विवाद भएपछि हत्या भएको खुल्न आएको छ ।’

हत्या गरेर फालिएको शव फेला परेपछि प्रहरीले कुकुरको सहायताले हत्यामा संलग्नहरूको खोजी थालेको थियो । सीसी क्यामेरा फुटेज, प्रत्यक्षदर्शीको समेत सहयोगमा हत्यामा संलग्न व्यक्ति पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ । मृतक सुनारको शव पोस्टमार्टमपछि श्रीमती र छोराले बुझेका छन् ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.