Alag Dhar

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आकांक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशितालाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

लमजुङबाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभातर्फ तीन जनाको नाम सिफारिस भएको काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो । सिफारिस भएका प्रत्यक्षतर्फका उम्मेदवार सबै पुरुष हुनुहुन्छ ।

कांग्रेस लमजुङले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गमप्रसाद गुरुङको नाम १ नम्बरमा सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कार्य समितिको वैठकमा उमेदवार सिफारिसका सम्बन्धमा सर्वसम्मति नबनेपछि गुरुङसँगै सबै ११ जना आकांक्षीको नाम केन्द्रलाई सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, रामकृष्ण बराल, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेलले उमेदवारी दावी गरेकामा उहाँहरु सबै जनाको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको जनाएको छ ।

शनिबारको बैठकले राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय सभाका लागि गर्जबहादुर गुरुङ, शुभनाथ मिश्र र विष्णुमाया धिताल सिफरिसमा पर्नुभएको छ । गत मङ्सिर २४ गते उहाँहरुले राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो दाबी पेश गर्दै जिल्ला कार्य समितिमा निवेदन दिनुभएको थियो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.