Alag Dhar

प्रदेशको विकासका लागि सङ्घीयता

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको बलिदानबाट प्राप्त गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल सङ्घीय लोकतान्त्रिक प्रणालीमा अघि बढिसकेको उल्लेख गर्दै जनताको अभिमत अनुसार नै मुलुकमा गणतन्त्र स्थापना भएको र प्रदेश सरकारले यहाँको शिक्षा, स्वास्थ्य र जलस्रोतको विकासमा काम गरिरहेको बताउनुभयो ।

उहाँले नवलपुर जिल्ला समुन्नत र आर्थिक दृष्टिकोणले समेत समृद्धितर्फ अघि बढिरहेको भन्दै यहाँको शिक्षाको विकासमा आगामी बजेटमा प्रदेश सरकारले विशेष सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले आठ किलोमिटर बाटो नखुल्दा त्रिवेणीका बासिन्दाले झन्डै ६० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै प्रदेश सरकार तत्काल नाका खोल्न सकारात्मक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद महेन्द्रध्वज जिसीले नवलपुरको विकासमा गण्डकी प्रदेश सरकारले अझै चासो देखाउनुपर्ने र नवलपुर प्रदेशकै मुख्य जिल्लाका रूपमा रहेकाले पनि नवलपुरको विकासमा गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.