Alag Dhar

जुरीखेत जिप दुर्घटनामा ज्यान गुमाउने ६ जना (नामसहित)

हेटौँडा । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ ।

आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना भएर एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए ।

घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । उनीहरुमध्ये दुई जना भारतीय छन् भने एक जनाको परिचय खुल्न बाँकी छ ।

हेटौँडा अस्पतालमा मृत्यु भएकाहरुः
१. भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार
२. मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल ।
३. हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल ।
४.भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार ।
५.हेटौंडा-१० बस्ने  ५६ वर्षीय कुष्ण प्रसाद फुयाँल।
६. नाम थर वतन नखुलेको, ४० वर्षीय पुरुष ।

हेटौँडा बाट चितवन रिफर गरिएकाहरु
सुमो चालक, मकवानपुर, हेटौँडा–४ कर्रा चोक बस्ने ४५ वर्षका गणेश थापा, शरीरको बिभिन्न भागमा चोट, अवस्था गम्भीर भएपछि आइतबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।

हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको अवस्था गम्भीर भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।

रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.