२०८२ पुष २१, सोमबार ०८:१६
२०८२ पुष २१, सोमबार ०८:१६
मकवानपुर । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरले जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रका लागि ८ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सिता विष्टले जानकारी दिइन् । सिफारिस हुनेमा संविधानसभा सदस्य, निवर्तमान प्रतिनिधिसभा सदस्यदेखि गाउँपालिका अध्यक्षसमेत छन् । क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र नम्बर १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, हिदम लामा, रामचन्द्र राई, मदन दाहाल र नारायण सापकोटाको नाम सिफारिस भएको सविच विष्टले जानकारी दिइन् । केन्द्रीय सदस्यसमेत…