Alag Dhar

मकवानपुरका २ निर्वाचन क्षेत्रमा एमालेबाट ८ नाम सिफारिस

मकवानपुर । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरले जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सिता विष्टले जानकारी दिइन् ।

सिफारिस हुनेमा संविधानसभा सदस्य, निवर्तमान प्रतिनिधिसभा सदस्यदेखि गाउँपालिका अध्यक्षसमेत छन् ।

क्षेत्र नम्बर १

निर्वाचन क्षेत्र नम्बर १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, हिदम लामा, रामचन्द्र राई, मदन दाहाल र नारायण सापकोटाको नाम सिफारिस भएको सविच विष्टले जानकारी दिइन् ।

केन्द्रीय सदस्यसमेत रहेका रामेश्वर राना गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनबाट अन्तिम अवस्थामा बञ्चित भएका थिए । टिकट पाएर प्रचारमा जुटिसकेका बेला एमाले केन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सोही क्षेत्रबाट सूर्य चुनाव चिह्नमा उम्मेदवार बनाउने निर्णय गरेपछि रानाको टिकट खोसिएको थियो ।

दाहाल १ नम्बर क्षेत्रबाटै यसअघि तीन पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । पछिल्लोपटक २०७४ को निर्वाचन जितेका उनी प्रतिनिधिसभाको अर्थ विकास समिति सभापति थिए ।

हिदम लामा भीमफेदी गाउँपालिकाका वर्तमान अध्यक्ष हुन् । उनी दोस्रोपटक पालिका अध्यक्ष बनेका हुन् । रामचन्द्र राई राष्ट्रिय सभाका निवर्तमान सदस्य हुन् ।

क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, बागमती गाउँपालिका र बकैया गाउँपालिकाको सबै वडा तथा मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा समेटिएको छ ।

क्षेत्र नम्बर २

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ नम्बरबाट भने विघटित प्रतिनिधिसभाका सदस्य महेश बर्तौला र संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीको नाम मात्र सिफारिस भएको सचिव विष्टले जानकारी दिइन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बर्तौलाले कांग्रेस–माओवादी–एकीकृत समाजवादीको चुनावी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

सोही निर्वाचन क्षेत्रबाट तीनपटक प्रतिनिधिसभा र एकपटक संविधानसभा सदस्य निर्वाचित भएका खतिवडा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए । त्यसपछि सो क्षेत्रमा बर्तौलाले टिकट पाएका हुन् ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.