Alag Dhar

भीमफेदी–६ मा खानेपानी संकट

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ मा खानेपानीको गम्भीर समस्या देखिएको छ। वर्षौ पुराना खानेपानी संरचनाहरू जीर्ण बन्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य भएका हुन्।

राणाकालीन समयमा निर्माण गरिएको पानी भण्डारण केन्द्र (ट्याङ्की) मा व्यापक चुहावट देखिएको छ भने अन्य संरचनाहरू पनि मर्मतसम्भारको अभावमा प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्।

स्थानीयका अनुसार वि.सं. २०५२ सालमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण गरिएको पानी ट्याङ्की हाल पूर्ण रूपमा जीर्ण भइसकेको छ।

ट्याङ्की कमजोर भएपछि पानी भण्डारण गर्न नसक्दा उपभोक्ताहरूलाई दैनिक समस्या परेको छ। यसैगरी, भीम आधार सामुदायिक विद्यालयको संयोजनमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रसमेत तत्काल मर्मत आवश्यक रहेको स्थानीय उपभोक्ताहरूको भनाइ छ।

खानेपानीको रेखदेख र व्यवस्थापनका लागि गठन गरिएको भीमसेन खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लामो समयदेखि निष्कृय रहँदा साना समस्या समेत विकराल बन्दै गएको स्थानीयले गुनासो गरेका छन्।

स्थानीय उपभोक्ताहरूले वडा कार्यालयलाई यस विषयमा तत्काल छलफल गरी समाधान निकाल्न आग्रह गरेका छन्।

समस्यालाई मध्यनजर गर्दै भीमफेदी वडा नं-६ का वडा अध्यक्ष सोमबहादुर घलानले खानेपानी समस्या समाधानका लागि वडा कार्यालय गम्भीर रहेको बताउनुभयो।

उहाँका अनुसार जीर्ण संरचनाहरूको मर्मतका लागि वडा कार्यालयबाट रु तीन लाख बजेट विनियोजन गरिएको छ। विनियोजित बजेटमार्फत पानी ट्याङ्कीको चुहावट नियन्त्रण गर्ने र खानेपानी प्रशोधन केन्द्रको सुधार गरिने जनाइएको छ।

साथै, निष्कृय रहेको उपभोक्ता समितिलाई पुनर्गठन गर्ने वा नयाँ ढङ्गले सञ्चालन गर्ने विषयमा पनि पहल गरिने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले बजेट विनियोजन गरेसँगै अब चाँडै नै भीमफेदी पारीबजार, वारीबजार, टारगाउँ, नयाँ सडक र सिमलटार क्षेत्रका बासिन्दाले सुरक्षित तथा व्यवस्थित खानेपानी पाउने आशा पलाएको छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.