Alag Dhar

शिक्षक विद्यार्थीलाई न्यानो कपडा

4

रेसुङ्गा । भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।

सत्यवती गाउँपालिका –८ भार्सेको जनसहयोग माध्यमिक विद्यालयका २० जना शिक्षक स्टाफ र ११५ जना बिद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको अगुवा नरबहादुर बुढाथोकी ‘नरु’ ले जानकारी दिनुभयो ।

भार्सेली समाज हङकङले तीन वर्षदेखि विद्यालयमा निरन्तर कपडा वितरण गरिरहेको छ । विद्यार्थीलाई विद्यालयप्रति आकर्षण गराउने र चिसोबाट बच्न पनि सहयोग पुग्ने उद्देश्यले भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको अगुवाइमा विद्यालयका शिक्षक स्टाफ र विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।

भार्सेकै दबुङ्ग आधारभूत विद्यालय र पैयाँपाटा बालशिक्षामा समेत ३५ जना शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने अगुवा बुढाथोकीले बताउनुभयो । भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट बुढाथोकीले भार्से बाहेकका विद्यालयमा पनि स्टेशेनरी तथा प्रविधि सहयोग गर्दै आउनुभएको छ ।

सहयोगी थापा परिवारले अहिले पनि जुहाङ्गकै गुरुङ्ग गाउँमा स्टेशनरी प्रदान गरेको छ । सत्यवती गाउँपालिका –८ का वडाध्यक्ष होमबहादुर रानाले भासेली समाज हङकङ र लेफ्टिनेण्ट बुढाथोकीको गाउँप्रतिको सामाजिक भावना उत्कृष्ट रहेको बताउनुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.