Alag Dhar

विमान दुर्घटनामा अजित पवारको निधन

मकवाजपुर । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यस्तै विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको खबरमा उल्लेख छ ।

पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । विमान मुम्बईबाट उडेको थियो । बीबीसी हिन्दीका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको र आगो लागेको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य नेताहरूले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.