Alag Dhar

Advertisement

तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न


१८ माघ/हेटौंडा ।
स्थानीय सीप, स्वाद र सिर्जनालाई एउटै थलोमा चिनाउने उद्देश्यसहित हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न भएको छ । घरेलु उत्पादन प्रबर्धन गर्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडाले प्रदर्शनी आयोजनामा गरेकाे हाे ।

प्रदर्शनीमा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागी स्टलहरूमा स्थानीय उत्पादनको विविधता झल्कने गरि ढाका, गुन्द्रुक, हस्तकला सामग्री, कृषिजन्य उत्पादनदेखि स्थानीय महिलाहरूले उत्पादन गरेका विविध सामग्रीहरू अवलोकन र खरिदका लागि राखिएका थिए ।

मेलाको समापन गर्दै बागमतीका पुर्वमन्त्री एवम् एमाले प्रमुख सचेतक एका लाल श्रेष्ठले स्थानीय उत्पादनको प्रयोग बढ्दै जानु सकारात्मक संकेत भएको बताउनुभयो ।  स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी उत्पादनले बजार कब्जा गर्ने अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले विचौलियाको कारण स्थानीय उत्पादन बिक्री हुन नसक्ने समस्या अन्त्य गर्न स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति र व्यवहार आवश्यक रहेको बताउदै स्थानीय उत्पादनलाई बजारसँग जोड्न यस्ता प्रदर्शनी मेला प्रभावकारी हुने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा एक सय वटा घरेलु उत्पादनका स्टल रहेका थिए ।

Advertisement
Advertisement

समाचार

मुख्य समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार क...
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई ...
तीन वटा फर्मलाई जरिवाना

तीन वटा फर्मलाई जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.