Alag Dhar

बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता

मकवानपुर । बकैया गाउँपालिका–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योन्जन) प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार इन्जिनियर सुरेन्द्र लामाले देशको सबैभन्दा अन्धकार पक्ष नै राजनीति भएको उल्लेख गर्दै अब त्यस प्रकारको कालो र अपारदर्शी राजनीतिबाट देशलाई मुक्त गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

“देशको अन्धकार र कालो राजनीतिबाट निकास दिन उज्यालो लक्ष्य बोकेको उम्मेदवार र पार्टीको आवश्यकता छ,” उहाँले भन्नुभयो, “त्यही जिम्मेवारीका साथ म जनताको बीचमा आएको छु र परिवर्तनका लागि प्रतिबद्ध छु।”

कार्यक्रममा उपस्थित स्थानीय जनताले पनि उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङजस्ता नेतृत्वबाट देशको अन्धकार राजनीतिलाई उज्यालो बनाउने अपेक्षा व्यक्त गरे।

उनीहरूले वर्तमान अवस्थामा देशलाई इमानदार, सक्षम र दूरदर्शी नेताको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीय उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा योग्य र सक्षम व्यक्ति भएकाले उहाँको जित सुनिश्चित रहेको विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले इन्जिनियर सुरेन्द्र लामा निर्वाचित भएपछि जनताको माग र आवश्यकता अनुसार विकासका नीति निर्माण र कार्यान्वयनमा कुनै सम्झौता नगर्नेमा आफूहरू विश्वस्त रहेको बताए।

विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने उम्मेदवारको प्रतिबद्धताले स्थानीय तहमा नयाँ आशा र उत्साह पैदा गरेको उनीहरूको भनाइ थियो।

वडा कमिटी गठनसँगै उज्यालो नेपाल पार्टीले बकैया–३ मा संगठन विस्तारलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा जनताको भरोसालाई व्यवहारमा उतार्ने तयारी थालेको जनाएको छ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.