Alag Dhar

टी–२० विश्वकप : इटालीसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाण्डौं । आईसीसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका छन् ।

आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्दैछन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा नेपाल चौथो र इटाली पुछारमा छन् ।

टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.