Alag Dhar

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

वीरगन्ज । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए। ‘उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौँ।’ प्रहरीका अनुसार उनीहरूको साथबाट नौ थाल सुतली बम, केही तारलगायतका सामग्री पनि बरामद भएको छ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.