Alag Dhar

मकवानपुर-१ का उम्मेदवार रानाले सार्वजनिक गरे चुनावी खर्च विवरण


हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार रानाले निर्वाचन प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल १५ लाख ८८ हजार ४६५ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको विवरणमा मतदाता नामावली छपाइ तथा प्रिन्ट लगाएत प्रचारप्रसारका लागि ६ लाख १० हजार ७६५ रुपैयाँ खर्च गरिएको जनाइएको छ । त्यसैगरी सवारी साधनतर्फ १७ दिनको अवधिमा १ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै झण्डा, ब्यानर लगाएत प्रचार–प्रसार सामग्री उत्पादन तथा वितरणमा २ लाख ९० हजार ७सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । गोष्ठी, अन्तरक्रिया तथा कार्यकर्ता परिचालनका लागि ३ लाख रुपैयाँ र प्रतिनिधि एवं स्वयंसेवक  परिचालन तर्फ २ लाख रुपैयाँ खर्च भएको पनि आयोगमा बुझाइएको विवरणमा जनाइएको छ ।

निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार रानाले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.