Alag Dhar

आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.