Alag Dhar

Advertisement

Day: २०८२ चैत्र १०, मंगलवार ०६:२६

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले निकालेको सूचनामा उल्लेख छ। कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ। आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो। फागुन २१ को चुनावको समीक्षा…
Read More
इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

मकवानपुर । हेटौँडा–४ कर्राचोकमा बिजुलीको पोलबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ घर भई हाल हेटौंडा–१ चौकीटोल बस्ने १८ वर्षीय भुवन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा बिजुलीको पोल चढेर इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.