Alag Dhar

नवनियुक्त १५ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल हुनुहुन्छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगार मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

 

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.