Alag Dhar

मकवानपुरमा महिलाको व्यवसायिक यात्रामा तीव्र वृद्धि

मकवानपुर । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् ।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८०/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् ।

महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् ।

सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसाय दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको प्रमुख भुसालको कथन छ ।

उक्त अवधिमा उद्योगतर्फ ४० वटा उद्योगको नामसारी, १५ वटा ठाउँसारी, ९४८ वटा नवीकरण, ४३ वटाको प्रतिलिपि, ७३ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ ।

यस्तै सो अवधिमा वाणिज्यतर्फ पाँचवटा नामसारी, सातवटा उद्योगको ठाउँसारी, २७ वटा उद्योगको पुँजीवृद्धि, एक हजार ५४ वटा उद्योगको नवीकरण, ९३ वटा उद्योगको लगत कट्टा तथा ३७ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु एक करोड ३१ लाख ८४ हजार १५९ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

मुख्य समाचार

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.