Alag Dhar

ट्रक–स्कारपियो ठक्करमा आठ जना घाइते

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय स्कारपियो ठोक्किँदा स्कारपियोमा सवार आठ जना घाइते भएका हुन् ।

दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उहाँको श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई घाइते हुनुभएको छ । दुर्घटनामा घाइते भएका चालकबाहेक अन्य सात जना एकै परिवारका हुनुहुन्छ ।

घाइतेको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको छ । दुर्घटनामा परेको दुवै सवारी र ट्रक चालक नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले गोरखापत्रसँग बताउनुभयो ।

मुख्य समाचार

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.